काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन्।
मनोनयन दर्ता गराउन उनी समर्थकहरूसहित निर्वाचन आयोगको कार्यालय पुगेका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएका साम्पाङ यसपटक संघीय संसद् प्रवेश गर्ने तयारीमा देखिएका छन्।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने लक्ष्यका साथ निर्वाचनमा होमिएको बताएका छन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया