भरतपुर प्रमुख रेणु दाहालले राजीनामा दिई प्रतिनिधि सभा चुनावतर्फ केन्द्रित

152 Shares

काठमाडाैं। भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिनुभएको छ। मंगलबार बिहान प्रमुख दाहालले उपप्रमुख चित्रसेन अधिकारीलाई सम्बोधन गर्दै आफ्नो राजीनामा बुझाउनुभएको हो।

दाहाल लगातार दुई कार्यकालभर भरतपुर महानगरको नेतृत्व गर्दै आउनुभएको थियो। संघीय संसदको निर्वाचनमा चितवन–३ बाट उम्मेदवार हुन लागेको कारणले उहाँले महानगर प्रमुख पदबाट राजीनामा दिनु परेको हो। मंगलबारै दाहालले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउने तयारीमा हुनुहुन्छ।

राजीनामा दिने अघि प्रमुख दाहालले महानगरको बोर्ड बैठक बोलाएर अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। उहाँको राजीनामा उपप्रमुख चित्रसेन अधिकारीले स्वीकृत समेत गरिसक्नु भएको छ।

renu.webp