रूपन्देही–२ मा रास्वपाले दुई जनालाई टिकट दिएपछि विवाद, खरेल र सुवेदी उम्मेदवार

175 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही क्षेत्र नम्बर २ मा दुई जनालाई उम्मेदवारको टिकट दिएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ। रास्वपाले सुलभ खरेल र आशिष सुवेदी दुवैलाई उम्मेदवारको टिकट दिएको हो।

बालेन शाह पक्षका आशिष सुवेदीलाई यसअघि नै टिकट दिइसकिएको थियो। तर स्रोतका अनुसार अबेर राति फेरि सुलभ खरेललाई पनि टिकट प्रदान गरिएको हो। एउटै निर्वाचन क्षेत्रमा दुई जनालाई टिकट दिइएपछि रास्वपामा आन्तरिक असमझदारी देखिएको छ।

रूपन्देही क्षेत्र नम्बर १ र २ मा बालेन पक्षका उम्मेदवार बनेपछि कार्यकर्तामा असन्तुष्टि बढेको र सोही असन्तुष्टिलाई सम्बोधन गर्न खरेललाई अबेर राति टिकट दिइएको बताइएको छ।

रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट विष्णु पौडेल उम्मेदवार रहेका छन् भने नेपाली कम्युनिस्ट पार्टीबाट सुवास पाण्डे (विश्वदीप) उम्मेदवार बनेका छन्।