अमरेशकुमार सिंह रास्वपा प्रवेश, मधेशको आन्दोलन सफल बनाउन बालेनलाई प्रधानमन्त्री बनाउने घोषणा

150 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अमरेशकुमार सिंह प्रवेश गरेका छन्।

सोमबार जनकपुरधाममा आयोजित रास्वपा चुनावी सभामा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायतका नेताहरूले सिंहलाई पार्टीमा स्वागत गरे।

रास्वपा प्रवेश गरेपछि सिंहले देशको विकासका लागि पार्टीलाई अत्याधिक मतका साथ विजयी गराउन आह्वान गर्दै आफू कुनै पदका लागि नभई देश र नागरिकको हितमा रास्वपामा आएका बताए।

उनले मधेशको आन्दोलन सफल बनाउन बालेन शाहलाई प्रधानमन्त्री बनाउने विश्वास व्यक्त गरे।