आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले थाइल्यान्डलाई १२२ रनको लक्ष्य प्रस्तुत गर्यो

169 Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोली २० ओभरमा अलआउट हुँदै १२२ रनमा रोकियो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन। सम्झना खड्काले ११ बलमा २६ रन जोडेकी थिइन् भने रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन्।

थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन खर्च गर्दै ४ विकेट लिए। ओनिचा काम्चोम्फुले २ विकेट लिए भने सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १–१ विकेट लिए।

नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले लड्नेछ।