193
Shares
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले टस हारेको छ।
थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन्। समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
समूह चरणमा शीर्ष तीन स्थानमा रहन सके नेपाली टोली सुपर सिक्समा प्रवेश गर्नेछ। सुपर सिक्सबाट शीर्ष चार स्थानमा पर्ने टोलीले महिला टी–२० विश्वकपमा स्थान बनाउने प्रावधान छ।
घरेलु मैदानमै खेल्दै विश्वकप छनोटको इतिहास रच्ने अवसर नेपाली महिला टोलीका लागि रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया