सञ्चारकर्मीले सरकारमा प्रतिनिधित्व पाउनु आवश्यकः मन्त्री खरेल

197 Shares

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनु आवश्यक भएको बताएका छन्।

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशको आयोजनामा ललितपुरको महालक्ष्मीस्थानमा आज भएको दोस्रो राष्ट्रिय सम्मेलनमा मन्त्री खरेलले सञ्चारकर्मीहरू हरेक क्षेत्रमा निपुण भएकाले अब बन्ने सरकारमा उनीहरूको सहभागिता अनिवार्य भएको बताउनुभयो।

उनले पत्रकारिता अनुभवसँगै जेनजी आन्दोलनको बलमा आकस्मिक रुपमा मन्त्री बनेको अनुभव साझा गर्दै भने, “देशका १४ हजारभन्दा बढी पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ।”

मन्त्री खरेलले वर्तमान सरकारले चार महिनामा जनपक्षीय काम गरेको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने निर्वाचन सफल बनाउन समाजका हरेक वर्गबाट सहयोग आवश्यक रहेको जोड दिनुभयो।