158
Shares
काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समयसम्म पार्टीको नेतृत्व गरेकोप्रति आभार व्यक्त गरेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले देउवालाई औपचारिक रूपमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो। बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले भन्नुभयो, “शेरबहादुर देउवाज्यूले लामो समयसम्म पार्टीको नेतृत्व गर्नुभयो। उहाँप्रति हार्दिक आभार व्यक्त गर्ने निर्णय बैठकले गरेको छ। साथै, उहाँबाट अभिभावकीय भूमिका निर्वाह हुने विश्वास बैठकले लिएको छ।”
पार्टी सभापति गगन थापाको नेतृत्वमा नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया