155
Shares
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्यले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफू कतैबाट पनि उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ।
एमाले सचिवालय बैठकअघि नेपाल प्रेससँग कुरा गर्दै आचार्यले आर्थिक कारण र नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता औँल्याउँदै चुनाव नलड्ने निर्णय गरेको बताउनुभयो।
२०७९ सालको निर्वाचनमा सुनसरी–२ बाट निर्वाचित आचार्यलाई पुनः उम्मेदवार बन्न पार्टी नेतृत्वले प्रस्ताव गरे पनि उनले आफ्नो नाम नप्रस्ताव गर्न आग्रह गरेको जनाइएको छ। आचार्य एमालेको ११औँ महाधिवेशनमा उपाध्यक्षका उम्मेदवारसमेत हुनुहुन्थ्यो।
फेसबुकबाट तपाईको प्रतिक्रिया