158
Shares
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि दोस्रोपटक केन्द्रीय कार्यसमिति बैठक बसेको हो।
बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही ढिलोगरी सुरु भएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा शेरबहादुर देउवा समूहको बैठक चलिरहेको कारण केन्द्रीय कार्यसमिति बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा आयोजना गरिएको छ।
पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार आजको बैठकमा पहिलो बैठकबाट भएका निर्णयहरूको समीक्षा गर्नुका साथै आसन्न निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुनेछ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएसँगै पार्टीले गतिविधि तीव्र बनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया