135
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले ९(देउवा पक्ष) को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको माघ २ गतेको निर्णय अस्वीकार गरेको जानकारी दिनुभएको छ।
सानेपामा बसेको बैठकले आयोगको निर्णय संविधान, कानुन र पार्टी विधानविपरीत रहेको ठहर गरेको छ। बैठकपछि डा. महतले आयोगको निर्णय दुराशयपूर्ण भएको आरोप लगाउँदै भोलि नै सर्वोच्च अदालत जाने तयारी गरिएको जानकारी दिनुभयो। उनले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्नुभयो।
देउवा पक्षले आयोगले अर्को पक्षको विशेष महाधिवेशनको वैधानिकता नजाँचीकन एकतर्फी निर्णय गरेको आरोप लगाउँदै कानुनी र राजनीतिक दुवै तरिकाले प्रतिवाद गर्ने बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया