सुनिल शर्मा: चुनावपछि प्रधानमन्त्री गगन थापा नै हुने

152 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले आसन्न प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार गगन थापा नै हुने स्पष्ट पार्नुभएको छ।

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा सहभागी हुँदै सञ्चारकर्मीसँग कुरा गर्दै शर्मा भन्नुभयो, “चुनावपछि प्रधानमन्त्री गगन थापा‌ हुन्, द्विविधा छैन।” उहाँले पार्टी फुटेको नभई विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको बताउँदै नयाँ नेतृत्वले पार्टीलाई एकताबद्ध बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

नेतृत्वमा गुट र प्रतिस्पर्धा लोकतन्त्रको सामान्य प्रक्रिया भएको भन्दै उनले विधि र विधान अनुसार नै अघि बढ्नुपर्ने बताए। “निर्वाचन आयोगको निर्णय स्वीकार्नुको विकल्प छैन,” उहाँले थप्नुभयो।

सुनिल शर्माले सबै नेताले इगो त्यागेर निर्वाचनमा केन्द्रित हुनुपर्ने सुझाव दिँदै भने, “गाउँ छिर्ने हो, ट्याक–ट्याक जित्ने हो।” साथै, उनले कांग्रेसले गठबन्धनमा नजाने पनि स्पष्ट पार्नुभयो।