सञ्चारमन्त्री खरेलले प्रतिनिधि सभा उम्मेदवार बन्ने घोषणा

169 Shares

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ।

नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै मन्त्री खरेलले निर्वाचनपछि संसदमा पुग्ने आफ्नो चाहना व्यक्त गर्नुभएको छ। साथै उहाँले सरकारले तोकिएको समयमै निर्वाचन सम्पन्न गराउने दाबी पनि गर्नुभएको छ।