173
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्य उम्मेदवारको प्रस्तावित सिफारिस सूचीबाट आफ्नो नाम हटाउन पार्टीसँग आग्रह गर्नुभएको छ।
डा. खड्काले पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवलाई सम्बोधन गर्दै कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा सिफारिस गरिएको आफ्नो नाम हटाइदिन अनुरोध गर्नुभएको हो।
उहाँले केन्द्रीय कार्यालयमार्फत सम्बन्धित निकायलाई आफ्नो निवेदनबारे जानकारी गराइदिन पनि आग्रह गर्नुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया