रास्वपाले माघ ४ गते केन्द्रीय समिति बैठक बोलायो

154 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झाले यही माघ ४ गते आइतबार बैठक बस्ने जानकारी दिनुभयो।

प्रवक्ता झाका अनुसार बैठक दिउँसो २ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ।

बैठकमा पार्टीका सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको प्रवक्ता झाले बताउनुभयो।