173
Shares
काठमाडौं — नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा आगामी चुनावमा अघि बढाउने घोषणा गरेको छ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले शुक्रबार फेसबुक लाइभमार्फत यस्तो घोषणा गर्दै पार्टी भित्रको दरार र दुरीलाई नदेखी सबैलाई साथमा लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यो कदम निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक ठहर गरेपछि आएको हो।
उपसभापति शर्माले कांग्रेसले आगामी दिनमा जेनजी आन्दोलनले माग गरेको सुशासन प्रत्याभूत गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। साथै, विगतका कमी–कमजोरीको आत्मालोचन गरेर सुधार गर्दै अघि बढ्ने सङ्कल्प पनि व्यक्त गर्नुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया