काठमाडौं — सरकारले सहकारी क्षेत्रमा देखिएका बेथिति छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले ‘सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२’ गठन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले शुक्रबार जानकारी दिँदै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) को उपाध्यक्षमा महम्मद सफी उल्लाहलाई नियुक्त गर्ने निर्णय पनि गरिएको बताउनुभयो।
त्यसैगरी सरकारले नेपालमा मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधा (GEF) बाट विश्व वन्यजन्तु कोष (WWF) मार्फत प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको मन्त्री खरेलले जानकारी दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया