देशलाई आगो लगाउने शक्तिलाई निर्वाचनमा पराजित गर्नुपर्छ’ : अध्यक्ष ओली

161 Shares

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई आगो लगाउने तत्वहरूलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताउनुभएको छ।

शुक्रबार काठमाडौंमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र बचाउन आगो लगाउने शक्तिहरूलाई चिन्तित बनाउँदै निर्वाचनमार्फत पराजित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले देशभक्त र लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै लोकतन्त्रको रक्षा गर्न अघि बढ्ने पनि स्पष्ट पार्नुभयो।

अध्यक्ष ओलीका अनुसार देशभक्त र लोकतान्त्रिक शक्तिहरू आगामी निर्वाचनमा एक–अर्काका प्रतिस्पर्धी हुने छैनन्। उहाँले संविधान, राजनीति र राजनीतिक दलका नेताहरू नचाहिने तत्वको निशानामा परेको भन्दै देशमा आतंक फैलाउने प्रयास भइरहेको आरोप लगाउनुभयो।

उहाँले असंवैधानिक र लोकतन्त्रविरोधी गतिविधिमा संलग्न तत्वहरू, संसद विघटनकर्ता र देशलाई अलोकतान्त्रिक अवस्थातर्फ धकेल्ने शक्तिहरू अझै सक्रिय रहेको पनि बताउनुभयो।