एमाले आगामी ४ माघदेखि चुनावी अभियान थाल्ने

174 Shares

काठमाडौं । नेकपा एमालेले आगामी ४ माघदेखि चुनावी अभियान सुरु गर्ने निर्णय गरेको छ।

बागमती प्रदेश कमिटीले प्रज्ञा भवनमा आयोजना गर्ने सभाबाट एमालेको चुनावी अभियानको औपचारिक उद्घाटन हुनेछ। ‘भृकुटीमण्डपबाट शुरु भएर प्रज्ञा भवनमा सभा हुनेछ,’ बागमती प्रदेश उपसचिव भक्तकुमारी लामाले भनिन्। उनले थपिन्, ‘सभाबाट बागमती प्रदेश कमिटीअन्तर्गत रहेका १८ वटै निर्वाचन क्षेत्रमा जित्ने घोषणा हुनेछ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। पार्टीले राजधानी उपत्यकाका तीन जिल्ला बाहेकलाई बागमती प्रदेश कमिटीमा राखेको छ।