कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बिहान सानेपामा

149 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान ११ बजे बैठक बस्ने गरी आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा पार्टीको दोस्रो विशेष महाधिवेशन जारी छ। सो महाधिवेशनसँग सम्बन्धित विषय तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठक बोलाएको बुझिएको छ।