143
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी माघ ५ गते पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ ।
मेयर बालेनको सचिवालयका एक सदस्यका अनुसार उहाँ प्रतिनिधिसभा निर्वाचन लड्ने उद्देश्यले राजीनामा दिन लाग्नुभएको हो । राजीनामा दिने निर्णय निश्चित भइसकेको र माघ ५ गते औपचारिक रूपमा राजीनामा बुझाउने तयारी रहेको सचिवालयले जनाएको छ ।
राजीनामापछि मेयर बालेन निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा रहनुभएको बताइएको छ । स्रोतका अनुसार उहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्ने विषयमा छलफलमा रहनुभएको छ ।
यस विषयमा मेयर बालेन वा सम्बन्धित राजनीतिक दलबाट औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया