137
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छन् ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कार्की केहीबेर अघि त्यहाँ पुगेकी हुन् ।
चियापान कार्यक्रमअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत पार्टीका नेता–कार्यकर्ता तथा राजावादीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यस अवसरमा अध्यक्ष लिङ्देनसहित राप्रपाका नेताहरूले रक्तदानसमेत गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया