काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम सुरु भएको छ ।
राप्रपाले प्रत्येक वर्ष पुस २७ गते आयोजना गर्दै आएको यो कार्यक्रम यस वर्ष पनि काठमाडौँमा आयोजना गरिएको हो । समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ ।
कार्यक्रममा प्रधानमन्त्रीसहित प्रमुख नेताहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यसअघि विभिन्न नेताहरूलाई व्यक्तिगत रूपमा निमन्त्रणा प्रदान गर्नुभएको थियो ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीका रूपमा मनाइँदै आएको यस दिवसमा देशभर विविध कार्यक्रमहरू भइरहेका छन् । राप्रपाको चियापान समारोहले राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया