काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन कुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्।
रास्वपाका स्रोले जानकारी दिँदै, समानुपातिकतर्फ इच्छा जाहेर गर्नेहरूको संख्या बढेपछि पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुन भन्दै आचार्यले आफ्नो नाम फिर्ता लिएको बताए। उनलाई पार्टीको खस आर्यतर्फको पहिलो नम्बरमा समानुपातिक सूचीमा सिफारिस गरिएको थियो।
रास्वपामा हाल एकपछि अर्कोले समानुपातिक सूचीबाट नाम फिर्ता लिने क्रम जारी छ। यसअघि डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक र सुदेश गुरुङले नाम फिर्ता लिएको घोषणा गरिसकेका छन्।
कार्यतालिका अनुसार पुस १३ र १४ गते निर्वाचन आयोगमा दलहरूले समानुपातिक उम्मेदवारको सूची बुझाएका थिए। आयोगले त्यसको अध्ययन गरेर आइतबार दलहरूलाई देखिएका त्रुटि सच्याउन निर्देशन दिएको थियो।
निर्वाचन आयोगको प्रक्रिया पूरा भएपछि उम्मेदवारी फिर्ता गर्ने कार्यतालिका अगाडि बढ्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया