काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौँका विभिन्न स्थानबाट र्याली निकाल्न सुरु गरिएको छ ।
शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोललगायतका स्थानबाट र्याली सुरु भएको हो । र्यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीमा नेतृत्व परिवर्तन हुनुपर्ने माग उठाएका छन् ।
कुपण्डोलबाट निस्किएको र्यालीमा कांग्रेस नेता तथा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, बागमती प्रदेशका उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।
महाधिवेशन स्थल भृकुटीमण्डपमा हुने उद्घाटन कार्यक्रमअगाडि कांग्रेसले काठमाडौँका विभिन्न स्थानबाट र्याली निकाल्ने कार्यक्रम तय गरेको हो । विभिन्न ठाउँबाट निस्किएका र्यालीहरू भृकुटीमण्डपतर्फ अगाडि बढिरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया