गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

98 Shares

काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङको आज दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो । निधनको कारण भने खुल्न सकेको छैन ।

भारतीय गायन रियालिटी शो इन्डियन आइडल विजेता तामाङ नेपालमा समेत अत्यन्तै लोकप्रिय कलाकारका रूपमा परिचित थिए । उनले गायनसँगै अभिनयमार्फत पनि नेपाली दर्शकमाझ विशेष पहिचान बनाएका थिए ।

तामाङले गाएका थुप्रै नेपाली गीतहरू चर्चित छन् । उनको निधनले नेपाली संगीत तथा चलचित्र क्षेत्रलाई ठूलो क्षति पुगेको कलाकार तथा शुभेच्छुकहरूले बताएका छन् ।