काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
शनिबार आयोजित केन्द्रीय कमिटी बैठकमा ओलीले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै हालसम्म निर्वाचनको अनुकूल वातावरण नबनेको भए पनि निर्वाचन गर्नैपर्ने अवस्था रहेको बताए। उनले नेताहरूमाथि लाञ्छना लगाउने, आरोप थोपर्ने र फसाउने प्रयास अझै जारी रहेको उल्लेख गर्दै निर्भय निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको आरोप लगाए।
अध्यक्ष ओलीले विभिन्न बहानामा निर्वाचन सार्ने वातावरण सिर्जना भइरहेको दाबी गर्दै फागुन २१ गते नै निर्वाचन गर्न सरकारसँग आग्रह गरे। उनले निर्वाचनसम्बन्धी अन्य निर्णय पनि न्यूनतम राजनीतिक सहमतिका आधारमा गर्न सरकारलाई सुझाव दिए।
उनले भने, “अहिले पनि निर्वाचनको वातावरण बनेको छैन। राजनीतिक दलका नेतामाथि लाञ्छना लगाउने, आरोप लगाउने र फसाउने प्रयास रोकिएको छैन। हामीले सर्वदलीय रूपमा र सरकारका प्रतिनिधिसँगको संवादमा पनि यी विषय उठाइरहेका छौँ। तर निर्वाचनको सुनिश्चितता र निर्भय वातावरण अझै बनेको छैन।”
ओलीले ढिलो–चाँडो मुलुक निर्वाचनमा जानैपर्ने स्पष्ट पार्दै पार्टी सधैं तयारी अवस्थामा रहेको बताए। केन्द्रीय कमिटी बैठकले सिंगो पार्टी पंक्तिलाई निर्वाचनका लागि सधैं तम्तयार रहन आह्वान गरेको उनको भनाइ छ। “निर्वाचन जतिबेला भए पनि हामी सहभागी हुनैपर्छ,” उनले भने।
फागुन २१ गतेबाट चरणबद्ध रूपमा निर्वाचन गर्ने प्रस्तावप्रति असहमति जनाउँदै ओलीले एकै चरणमा निर्वाचन हुनुपर्ने धारणा राखे। उनले स्वेच्छाचारी र अराजक ढंगले निर्णय हुन सक्ने खतरा औंल्याउँदै त्यसप्रति चनाखो रहनुपर्ने बताए।
अध्यक्ष ओलीले समानुपातिक निर्वाचनका लागि पार्टीले सर्वसम्मत रूपमा बन्दसूचीमा नाम सिफारिस गरेको जानकारी दिए। प्रत्यक्षतर्फ नाम सिफारिस गर्दा तल्लो कमिटीमा केही विवाद देखिएको उल्लेख गर्दै उनले विवाद सिर्जना नगरी पार्टी निर्देशनअनुसार काम गर्न आग्रह गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया