आईसीसी पुरुष टी–२० विश्वकपका लागि आयरल्यान्डको १५ सदस्यीय टोली घोषणा

202 Shares

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपका लागि पल स्टर्लिङको कप्तानीमा आयरल्यान्डको १५ सदस्यीय टोली घोषणा गरिएको छ। लोर्कन टकर उपकप्तान छन्।

टोलिका १५ मध्ये १२ खेलाडीले अघिल्लो संस्करणमा पनि सहभागिता जनाएका थिए। नयाँ खेलाडीका रूपमा टिम टेक्टर, बेन क्यालिट्ज र म्याथ्यु हम्फ्रिज समावेश भएका छन्।

आयरल्यान्ड यस विश्वकपमा नवौं पटक सहभागिता जनाउँदैछ। सन् २००९ र २०२२ मा आयरल्यान्डले दोस्रो चरणसम्म पुग्दै वेस्ट इन्डिज र इंग्ल्याण्डजस्ता पूर्व च्याम्पियन टोलीलाई हराएको अनुभव छ।

चयनकर्ता एन्ड्र्यू ह्वाइटले टोली यसपटक अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। उनले भने, “टोली प्रतिस्पर्धात्मक समूहमा भए पनि डर मान्ने छैन।”

विश्वकपअघि आयरल्यान्डले इटाली र युएईसँग अभ्यास खेल खेल्नेछ। आयरल्यान्ड समूह ‘बी’ मा श्रीलंका, अष्ट्रेलिया, ओमान र जिम्बाब्वेसँग परेको छ।

पहिलो खेल फेब्रुअरी ८ मा कोलम्बोमा श्रीलंकाविरुद्ध हुनेछ।

आयरल्यान्डको टोली:
पल स्टर्लिङ (कप्तान), मार्क अडेयर, रस अडेयर, बेन कालिट्ज, कर्टिस क्याम्फर, गारेथ डेलानी, जर्ज डकरेल, म्याथ्यु हम्फ्रिज, जोशुआ लिटल, ब्यारी म्याकार्थी, ह्यारी टेक्टर, टिम टेक्टर, लोर्कन टकर, बेन ह्वाइट, क्रेग योङ

समूह चरणका खेलहरू:

  • फेब्रुअरी ८: श्रीलंकाविरुद्ध, कोलम्बो

  • फेब्रुअरी ११: अष्ट्रेलियाविरुद्ध, कोलम्बो

  • फेब्रुअरी १४: ओमानविरुद्ध, कोलम्बो

  • फेब्रुअरी १७: जिम्बाब्वेविरुद्ध, पाल्लेक्के