आजदेखि बस्दै एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक

147 Shares

काठमाडौं । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक शनिबारदेखि सुरु हुने भएको छ।

बैठक ललितपुरस्थित मेजेस्टिक ग्रान्ड पार्टी प्यालेसमा शनिबार बिहान ११ बजेदेखि सुरु हुने एमालेले जनाएको छ।

११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटी बैठकले दोस्रो केन्द्रीय कमिटी बैठकको मिति पुस २६, २७ र २८ गते तोकेको थियो। सोही निर्णयअनुसार शनिबारदेखि बैठक बस्न लागेको हो।

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल हुने एमालेका एक नेताले बताएका छन्।