काँग्रेसको विशेष महाधिवेशनमा सभापति देउवाको उपस्थिती अनिवार्य: चन्द्र भण्डारी

190 Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवाले स्वयं उपस्थित हुनु पर्ने बताउनुभएको छ।

शुक्रबार भृकुटीमण्डपमा महाधिवेशन मञ्च व्यवस्थापनको काम हेर्न पुग्दा सञ्चारकर्मीको प्रश्नको जवाफ दिंदै नेता भण्डारीले भन्नुभयो, “काँग्रेस देउवाको पार्टी हो। त्यसैले विशेष महाधिवेशनमा उहाँको उपस्थिती अनिवार्य छ।”

उहाँले पुस २७ र २८ गते हुने महाधिवेशनमा ७७ वटै जिल्लाका प्रतिनिधिहरु सहभागी हुने भएकाले सबै नेताले त्यसमा उपस्थित भएर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने विश्वास व्यक्त गर्नुभयो।

भण्डारीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति पनि संकेत गर्दै भन्नुभयो, “महामन्त्रीहरूले पार्टीलाई मिलाएर लैजान बढी जिम्मेवार हुनुपर्छ। महाधिवेशनले काँग्रेसको वर्तमान र भविष्य दुवै तय गर्नेछ।”