कांग्रेस संस्थापन पक्षको केन्द्रीय सदस्य भेला शुक्रबार

156 Shares

काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन पक्षले आफ्ना केन्द्रीय सदस्यहरूको भेला शुक्रबार आयोजना गर्ने भएको छ।

कांग्रेसभित्र विकसित परिस्थितिलाई मध्यनजर गर्दै छलफलका लागि शुक्रबार बिहान १० बजे ललितपुरस्थित आनन्दभूमि पार्टी प्यालेसमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई बोलाइएको हो।

पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा विवाद चर्किरहेका बेला संस्थापन पक्षले सदस्यहरूको भेला आह्वान गरेको हो।

संस्थापन पक्षीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। सोही भेटपछि सभापति देउवाले आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला बोलाउनुभएको बताइएको छ।