काठमाडाैं। नेकपा एमालेले आगामी निर्वाचनलाई प्राथमिकतामा राख्दै नेताहरूको कार्य विभाजन गरेको छ।
पार्टीले सबै केन्द्रीय सदस्यलाई आ–आफ्ना जिल्लामा केन्द्रित भएर निर्वाचनको काममा सक्रिय हुन निर्देशन दिएको छ। आज जारी गरिएको विज्ञप्तिमा निर्वाचन केन्द्रित नीति अनुरूप अस्थायी कार्य विभाजन गरिएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ,
‘पार्टीका पदाधिकारी तथा केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई निर्वाचनको काममा केन्द्रित रहने गरी परिचालन गर्ने नीति अनुसार अस्थायी कार्य विभाजन गरिएको हो।’
एमालेले निर्वाचनमा खेलेको भूमिकाका आधारमा नेता तथा कार्यकर्ताको मूल्यांकन गरिने पनि स्पष्ट पारेको छ।
‘पार्टीका नेता र कार्यकर्ताले निर्वाचनमा निर्वाह गरेको भूमिकाको मूल्यांकनका आधारमा आगामी जिम्मेवारी तय गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ।
यस्तै, केन्द्रीय सदस्य मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन भने निर्वाचन सम्पन्न भएपछि गरिने एमालेले जानकारी दिएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया