ललितपुर कांग्रेस विशेष महाधिवेशन पक्षमा सक्रिय, भृकुटीमण्डपमा र्‍यालीसहित सहभागी हुने

131 Shares

काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्ला समिति पुस २७ र २८ का लागि भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनको पक्षमा सक्रिय हुँदै आएको छ।

ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठका अनुसार, कुपण्डोल र हनुमानस्थानमा भेला भएर बाजागाजा, झाँकीसहितको र्‍याली मार्फत प्रतिनिधिहरू भृकुटीमण्डप पुग्ने योजना बनाइएको छ।

जिल्ला सभापति श्रेष्ठले विशेष महाधिवेशनमा सहभागिताका लागि पार्टी पङ्तिलाई अनुरोध गर्दै विज्ञप्तिमा उल्लेख गरेका छन्, “२०८२ पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुने नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा अनिवार्य उपस्थिति र सक्रिय सहभागिताका लागि ललितपुर जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अनुरोध गर्दछौं।”