148
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नुभएको छ ।
दुई नेताबीच बिहीबार बिहान भएको भेटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल भएको र दुवै दलबीचका आपसी राजनीतिक विषयमा पनि संवाद भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि अध्यक्ष लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसक्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया