एमालेले काठमाडौंका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार सिफारिस

177 Shares

काठमाडौं । नेकपा एमालेले काठमाडौंका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिफारिस गरेको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाका अनुसार निर्वाचन क्षेत्र कमिटीहरूले गरेको सिफारिसलाई जिल्लाको सुझावसहित अनुमोदन गरिएको हो ।

काठमाडौंमा कुल १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर काठमाडौंको चुनावप्रति विशेष चासो देखिएको छ ।

सिफारिसअनुसार काठमाडौं–२ बाट मणिराम फुयाँलको नाम एकल रूपमा सिफारिस गरिएको छ । त्यस्तै, काठमाडौं–५ मा वरिष्ठ नेता ईश्वर पोखरेलले निर्वाचन नलड्ने औपचारिक घोषणा गरेपछि मात्र अन्य आकांक्षीबारे छलफल गर्नेगरी सिफारिस गरिएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

सूची हेर्नुस्