162
Shares
काठमाडौं । भक्तपुरको गुन्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजना गर्न लागेको चियापान कार्यक्रममा सहभागी हुन अध्यक्ष ओलीलाई निम्तो दिन भेट गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
भेटका क्रममा समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया