सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

160 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।

सभापति देउवालाई भेट्न अध्यक्ष लिङ्देन आज देउवा निवास महाराजगञ्ज पुगेका हुन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गर्ने चियापान कार्यक्रममा निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेका थिए।

भेटका क्रममा आसन्न निर्वाचन र समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ।