काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी निर्वाचनमा उम्मेदवारी दिने वा नदिने बारे अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्।
बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनाव तयारीमा रहेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो,
“मैले अहिलेसम्म चुनावमा उठ्ने वा नउठ्ने विषयमा कुनै निर्णय गरेको छैन। आजको दिनसम्म म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, कुनै वार्ता वा छलफल पनि गरेको छैन। आउँछु वा जान्छु भन्ने विषयमा मैले केही पनि भनेको छैन। मेरो सम्पूर्ण ध्यान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको चुनाव तयारीमा केन्द्रित छ।”
मन्त्री खरेलले निर्वाचनमा उठ्ने विषयमा सञ्चार माध्यमहरूले गलत समाचार सम्प्रेषण गरेकोमा असन्तुष्टि व्यक्त गर्दै सही समाचार यसमार्फत् सार्वजनिक गरेको पनि बताए।
उहाँले थप भन्नुभयो,
“आजको मितिसम्म म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन। समाचारमा केही फरक ढंगले प्रस्तुत भए पनि म यहाँमार्फत् स्पष्ट पार्न चाहन्छु—निर्वाचनमा उठ्ने वा नउठ्ने निर्णय मैले अहिलेसम्म गरेको छैन।”
फेसबुकबाट तपाईको प्रतिक्रिया