राष्ट्रियसभा निर्वाचन : नेकपाले १७ उम्मेदवार टुंग्यायो

160 Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि उम्मेदवार चयन गरेको छ। नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले अधिकांश सिटमा उम्मेदवार चयन गरेको हो।

नेकपाले गण्डकी प्रदेशमा एक सिट खाली छाड्दै कूल १७ जना उम्मेदवार तय गरेको जनाएको छ।

प्रदेशअनुसार नेकपाका उम्मेदवार यसप्रकार रहेका छन्—

कोशी प्रदेश

  • खेमराज सुन्दास

  • हेमराज घिमिरे

  • नमिता न्यौपाने

मधेश प्रदेश

  • रामनन्दन प्रसाद

  • लक्ष्मण पौडेल

  • शम्भु पासवान

  • समिकुमारी अग्रवाल

बागमती प्रदेश

  • प्रेमप्रसाद सापकोटा

  • सरोजकुमारी झा

गण्डकी प्रदेश

  • कपिल लामा

लुम्बिनी प्रदेश

  • दुर्गा भण्डारी

  • वृहस्पति अधिकारी

  • सर्जन बिक

कर्णाली प्रदेश

  • बुद्धिप्रसाद शर्मा

  • अन्जु महतरा

सुदूरपश्चिम प्रदेश

  • टीकाराम जैशी

  • रोजी बस्नेत सुनार

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।