काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।
ललितपुरको लुभुलामाटारस्थित अध्यक्ष लिङ्देनको निवासमा बुधबार बिहान भएको भेटमा आगामी प्रतिनिधिसभा निर्वाचन, समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल भएको हो।
भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले गर्नुपर्ने कामहरू उच्च प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिनुभयो। सो अवसरमा राप्रपा अध्यक्ष लिङ्देनले निर्वाचन प्रक्रियाप्रति पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले निर्वाचनको अनुकूल वातावरण निर्माणका लागि यसअघि पनि प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गर्दै आएको जानकारी दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया