नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि ९ उम्मेदवार टुंग्यायो

163 Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ९ जना उम्मेदवारको टुंगो लगाएको छ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उम्मेदवारहरू तय गरेको हो। बैठकमा सहभागी एक नेताका अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।

नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालसँग भएको तालमेल सहमतिअनुसार कांग्रेसका ९ जना उम्मेदवारले बुधबार नै उम्मेदवारी दर्ता गराउने कांग्रेसले जनाएको छ।