नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

171 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) पनि बस्ने भएको छ।

पार्टी मुख्यालय सानेपामा बिहान ९ बजेदेखि बैठक बस्ने गरी कार्यतालिका तय गरिएको हो। बैठकमा पार्टी महाधिवेशनसम्बन्धी विवाद र आगामी निर्वाचनका विषयमा नेताहरूले आ–आफ्नो धारणा राखिरहेका छन्।

विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति संस्थापन पक्षले आपत्ति जनाउँदै आएको छ। यस विषयमा पार्टीभित्र मतभेद देखिँदै आएको छ।

मंगलबार बसेको बैठकमा महामन्त्री गगन थापा तथा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा प्रस्तुत गरेका थिए। तर बैठक छोटो समय बसेर स्थगित गरिएको थियो।