काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सँग तत्कालका लागि पार्टी एकता सम्भव नदेखिएको बताएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पुनले चन्दसँग पार्टी एकताका विषयमा हालसम्म कुनै औपचारिक संवाद नभएको स्पष्ट पार्नुभयो।
उहाँले नेकपा (एकीकृत समाजवाद) सँगको एकताको समयमा चन्द सहभागी हुन नआएको उल्लेख गर्दै भविष्यमा आउन चाहे स्वागत गरिने बताए।
पुनले भन्नुभयो,
“विप्लवजीसँग अहिले केही कुरा भएको छैन। पहिले आउनुपर्ने बेला छुट्नुभयो। अब आउनुहुन्छ भने स्वागत छ। तर तत्काल त्यस्तो सम्भावना हामीले देखेका छैनौँ।”
उहाँले नेकपा व्यवस्था र संविधान निर्माणका लागि संघर्ष गरेर आएको पार्टी भएको उल्लेख गर्दै नयाँ वा पुराना कुनै पनि राजनीतिक शक्तिसँग नडराएको जिकिर गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया