एमालेले विष्णु रिमाललाई तीन महत्वपूर्ण जिम्मेवारी दियो

151 Shares

काठमाडौं । नेकपा (एमाले) ले नेता विष्णु रिमाललाई पार्टीका तीनवटा महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ।

मंगलबार बसेको सचिवालय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै गठन गरिएका समिति तथा विभागमा रिमाललाई जिम्मेवारी दिएको हो। महाधिवेशनमा पदाधिकारी पदमा पराजित भए पनि अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने रिमाललाई निर्वाचन तयारीका लागि पार्टीले ‘की रोल’मा अघि सारेको बताइएको छ।

बैठकको निर्णयअनुसार एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन कमिटीको सचिवको जिम्मेवारी रिमाललाई दिइएको छ। यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित घोषणापत्र मस्यौदा समितिमा पनि रिमाललाई सदस्य तोकिएको छ।

यसका अतिरिक्त एमालेको नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी पनि रिमाललाई नै प्रदान गरिएको छ।