131
Shares
काठमाडौं । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले नेपाली कांग्रेससँग तालमेल गर्नेबारे छलफल भइरहेको जनाएको छ।
एमाले उपमहासचिव लेखराज भट्टले आजको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसबारे जानकारी गराएको बताए। भट्टका अनुसार, “अध्यक्षलाई नै उम्मेदवार टुंग्याउने जिम्मा दिने निर्णय भएको छ। सातैवटा प्रदेशबाट एक–एक जना उम्मेदवारी दिने गरी कांग्रेससँग छलफल भइरहेको छ।”
राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता भोलि हुँदैछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया