मन्त्रिपरिषद् बैठकका आठ निर्णय सार्वजनिक

175 Shares

काठमाडाैं । मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका आठवटा निर्णय सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सार्वजनिक गर्नुभएको हो।

प्रवक्ता खरेलका अनुसार राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय बैठकले गरेको छ।

त्यसैगरी नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र (एमओयू) स्वीकृत गर्ने तथा नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको उहाँले जानकारी दिनुभयो।