रेशम चौधरीको आममाफीविरुद्धको रिटमा सोमबार सुनुवाइ

167 Shares

काठमाडौं । टीकापुर हत्याकाण्डमा तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध दायर रिटमा सोमबार सुनुवाइ हुने भएको छ।

करिब दुई वर्षदेखि सुनुवाइ हुन नसकेको उक्त रिटमा सोमबारका लागि पेशी तोकिएको हो। रेशम चौधरीलाई आममाफी दिइएको भोलिपल्ट २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।

उक्त रिटमाथि २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अग्राधिकार प्रदान गरेको थियो।