काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्ने प्रस्ताव प्रस्तुत गरिएको छ।
केन्द्रीय कार्यसमितिसहित पार्टीका सबै समितिको म्याद जेठ मसान्तसम्म थप्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा राख्नुभएको हो। यद्यपि उक्त प्रस्तावमाथि अन्तिम निर्णय भने भइसकेको छैन।
देउवा नेतृत्वको कार्यसमितिको म्याद यसअघि गत मंसिर मसान्तसम्म रहेको थियो। त्यसपछि मंसिर १५ गते बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको थियो।
महाधिवेशनसम्बन्धी विवाद जारी रहेका बेला आएको यो प्रस्तावलाई पार्टीभित्र चासोका साथ हेरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया