काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाहरूलाई सहज रूपमा अघि बढाउन प्रभावित क्षेत्रका जनतालाई लचकताका साथ सहयोग गर्न आग्रह गर्नुभएको छ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री घिसिङले प्रभावित क्षेत्रका स्थानीय बासिन्दा लचक नहुँदा जलविद्युत आयोजना महँगो पर्न जाने र विद्युत निर्यातसमेत प्रभावित भई मुलुकमा थप समस्या देखापर्ने चेतावनी दिनुभयो। उहाँले नेपालमा करिब ५० हजार मेगावाट विद्युत उत्पादन गर्नुपर्ने आवश्यकता रहे पनि प्रभावित क्षेत्रका माग पूरा गर्न नसकिँदा आयोजनाहरू अघि बढाउन कठिनाइ भइरहेको बताउनुभयो।
मन्त्री घिसिङले सरकारले प्रभावित क्षेत्रका जनताको माग र अधिकार कुण्ठित पारेर कुनै पनि आयोजना अघि नबढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय जनताको माग पूरा नहुँदा ट्रान्समिशन लाइन विस्तारको कामसमेत प्रभावित भइरहेको उहाँको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया