काठमाडाैं । नेपाली कांग्रेसमा नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशनको तयारी सुरु भएको छ। पार्टी केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार, १५ औं राष्ट्रिय महाधिवेशनका कार्यक्रम अघि नबढेपछि पक्षधरहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरेर केन्द्रीय कार्यालयमा बुझाएका हुन्।
शिवाकोटीले बताए अनुसार १४ औं महाधिवेशनका प्रतिनिधिहरूले पार्टीको नयाँ नीति र कार्यदिशामा छलफल गरेर निष्कर्ष ल्याउने र त्यसै आधारमा आगामी कार्यदिशा तय गरिनेछ। महाधिवेशनको अध्यक्षताको लागि पार्टी सभापतिलाई अनुरोध गरिने समेत उनले जानकारी दिनुभयो।
पार्टीको विधानअनुसार महामन्त्री गगनकुमार थापा प्रतिवेदन तयारीमा लागिसकेको र सबै प्रतिनिधिलाई विशेष महाधिवेशनको लागि तयारी अवस्थामा बस्न आग्रह गरिएको छ। शिवाकोटीले भने, “लोकतान्त्रिक पार्टीमा आन्तरिक लोकतन्त्र सुनिश्चित गर्न विशेष महाधिवेशन अपरिहार्य भएको छ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया